समाचार

त्रिशुली नदीमा भएको दुर्घटनामा बेपत्ता १६ जनाको अवस्था अझै अज्ञात

धादिङको त्रिशूली नदीमा शुक्रबार भएको दुर्घटनामा बेपत्ता भएका १६ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी कार्य जारी राखेको भएपनि तीन दिन बित्दा पनि अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले चितवन, गोरखा, तनहुँ, नवलपरासी क्षेत्रमा समेत खोजी कार्य जारी राखेको छ । शव भेटिने क्रम जारी रहेपनि दुर्घटनाकै हो भन्ने कुरा निश्चीत गर्न समस्या भएको छ । सोमवार पनि एक शव भेटिएको तर त्यो शव दुर्घटनाकै हो वा अन्यत्रबाट बगेर आएको हो भन्नेबारे खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए । हाल सम्म नौ जनाको मृत्यु भएको पुष्टी भएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान सवा ३ बजे त्रिशूली नदीमा खसेको थियो । ना ६ ख ७४६९ नम्बरको बसमा ४५ जना सवार रहेको र केही यात्रु बाटोमै ओर्लेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button