समाचार

सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने राप्रपा अध्यक्ष थापाको ठोकुवा

उर्लाबारी, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने दाबी गरेका छन् ।

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा शुक्रवार बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उनले संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिने बताएका हुन ।

अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी सङ्घर्षमा उत्रने चेतावनी दिए ।

उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button