समाचार

प्रतिनिधिसभामा आज पनि नाराबाजी, बैठक असार ३० गतेसम्मका लागि स्थगित

काठमाडौँ – विपक्षी सांसदहरु नारावाजीमा उत्रिएपछि प्रनिनिधिसभाको बुधबारको बैठक पनि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
सभामुख महराले नयाँ कुरा सुनाउने भन्दै बस्न आग्रह गरे पनि विपक्षीहरुले नमानेका हुन । विपक्षीको विरोधका बावजुत सभामुख महराले सदनको कारबाही अगाडि बढाएपछि सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए ।
नाराबाजीकै बीच सभामुख महराले प्रतिनिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विभिन्न विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश सुनाउन अनुमति दिएका थिए ।
सचिव योगीले उक्त सन्देश सुनाइसकेपछि सभामुख महराले अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरेका हुन्।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button