breakingसमाचार

बीपी विचार राष्ट्रिय समाजले आज ३७ औैँ बीपी स्मृति दिवस मनाउने

६ साउन , काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजले आज ३७ औैँ बीपी स्मृति दिवस भब्यताका साथ मनाउने भएको छ । स्मृति दिवस मनाउनको लागि समाजले आफ्ना ७७ वटै जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ । बीपी विचार राष्ट्रिय समाज केन्द्रीय कार्यसमितिले भने काठमाडौैँको धुम्रवराह पार्टी प्यालेस धुम्बाराहीमा कार्यक्रम गर्ने भएको छ । दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुने कार्यक्रममा बीपी कोइराला, समाजवाद र वर्तमान राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम समेत हुने बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए । कार्यक्रममा विभिन्न वक्ताहरुले सो विषयमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने चन्दले बताए ।
कार्यक्रम अघि आजनै बीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने महासचिव चन्दले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button