समाचार
सुनको मूल्यमा फेरि बृद्धि ,पुग्यो ७१ हजार पाँच सय
काठमाडौँ – सुनको मूल्य पुनः उकालो लागेको छ । बुधबार सात सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बिहीबार प्रति तोला १२ सय रुपैयाँले बढेर ७१ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ७० हजार १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।