विश्व
भारतको अलीगढमा विमान दुर्घटना
लखनउ, भदौ १० । भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान दुर्घटना भएको छ ।
धनीपुर विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । अवतरणका क्रममा विद्युत तारमा अल्झिएर विमान दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विमानमा विमान मर्मत गर्ने इन्जिनियरको टोली सवार थियो । उनीहरु सोही विमानस्थलमा ‘ग्राउन्डेड’ एउटा विमान मर्मतका लागि दिल्लीबाट विमान चार्टर्ड गरी अलीगढ गएका थिए ।
अवतरका क्रममा विद्युत तारमा अल्झिएर विमानमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा दुई पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । उनीहरु सामान्य घाइते रहेको बताइएको छ । एजेन्सी