समाचार

वीपी विचार राष्ट्रिय समाज क्षेत्रीय कार्यलय टिकापुरको शुभकामना आदानप्रदान

३ कात्तिक, टिकापुर÷ वी.पी विचार राष्ट्रिय समाज क्षेत्रीय कार्यालय टिकापुरले बडादशैैँ, शुभ दिपावली, नेपाल संवत, र छठ पर्व २०७६ को अवसरमा शुभकामना आदान प्रदान गरेको छ । समाजका क्षेत्रीय कार्यालय टिकापुरका सभापति गोरबहादुर खड्काको सभापतित्वमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एवं वी.पी विचार राष्ट्रिय समाजका संस्थापक केन्द्रीय सदस्य सुनिल कुमार भण्डारी, अतिथिहरु इश्वरी न्यौपाने, रत्ना शेरचन, चन्द्रसिंह भट्टराई, पुष्करनाथ ओझा, हिरादत्त भट्ट, गंगाबहादुर कुँवर, बिरबहादुर हमाल, अरुणप्रकाश सिँह राठोर, बुद्धिसागर चौधरी, नारायण दत्त मिश्र, आनन्दराज जोशी, जंगबहादुर साउद, पूर्णबहादुर कुँवर, भुवनेश्वर अधिकारी, नृपबहादुर खड्का, चिरञ्जिवि खनाल, धिरजराज रेग्मी, जेपी फाउण्डेसन कैलालीका सभापति भरतबहादुर विष्ट,तेजशंकर भट्ट, हेक बहादुर रावल, प्रकाश शाह, धनराज उपाध्याय, केशरी सोडारीले आफ्ना धारणा राखेका थिए । उनीहरुले आफ्नो धारणामा बडादशै, दिपावली, नेपाल संवत, छठ लगायतका मौलिक चाडपर्वले नेपाली बीचको एकतालाई मजवुत पारेको दाबी गरेका थिए ।
उक्त कार्यक्रममा गणेश बहादुर खडकाले स्वागत मन्तब्य राखेका थिए । साथै कार्यक्रमको धन्यवाद मन्तब्य गगन सिंह ठकुल्लाले राखेका थिए । कार्यक्रमको सञ्चालन वी.पी विचार राष्ट्रिय समाज टिकापुरका उपसभापति नेत्रबहादुर रावले गरेका थिए । कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि, तथा अतिथिहरुलाई टिका तथा फुलमालाले स्वागत गरिएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button