समाचार

उमेद्वारको अन्तिम नामावली आज सार्वजनिक हुँदै

२५ पुष, काठमाडौैँ÷ राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अन्तरगत आज उमेदवारको अन्तिम नामावली सार्वजनिक हुदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यसुची समेत रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि हिजो उमेदवारको नाम फिर्ता लिनका लागि समय छुट्याइएको थियो । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ सिटका लागि आगामी माघ ९ गते निर्वाचन हुदैछ । एक सिटमा भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेको छ ।

nema
Show More

Related Articles

Back to top button