breakingसमाचार

राहत वितरणका लागि सर्वदलीय समिति बनाउन नेपाली काँग्रेसको माग

६ बैशाख, काठमाडौैँ
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राहत वितरणका लागि सर्वदलीय समिति बनाउन माग गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित सर्वपक्षीय समिति बनाउन माग गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा पनि छलफल भएको उहाँको भनाई छ ।
 
ज्यालादारी श्रमिक र न्युन आय भएका व्यक्तिहरु खान र बसाइको अभावले गर्दा ८÷ १० दिन हिँडेर काठमाडौंबाट कैलालीसम्मलामो दुरीमा पैदल यात्रा गनुपर्ने बाध्यता आएको बैठकले निश्कर्ष निकालेको हो ।  कोरोनाको महामारीमा समेत सरकार सम्वेदनहीन बनेको बैठकको ठहर छ । कोरोना परीक्षणको दायरा थप विस्तार गर्न बैठकले जोडदार माग गरेको छ ।

nema
Show More

Related Articles

Back to top button