breakingसमाचार

महाकालीपारी क्वारेन्टाइनमा बसेका १८ सय नेपाली स्वदेश फर्किदै

१८ बैशाख, २०७७
महाकालीपारी धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरू स्वदेश फर्किन सुरु गरेका छन् । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसिरहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सुरु गरिएको हो । पिथौरागढको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा एक महिनादेखि बसिरहेका करिब १८ सय नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याउन थालिएको छ ।
 
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएका नेपाली कोरोना भाइरस बढ्दो संक्रमण र लकडाउनपछि नेपाल—भारत सीमामा रोकिएका थिए । पिथौरागढसँग सीमा जोडिएको बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आज दिउँसो सम्म झुलाघाट नाकाबाट क्वारेन्टाइनमा बसेको नेपाली सबैलाई स्वदेश फर्काइसक्ने जानकारी दिनुभयो । झुलाघाट नाकाबाट फर्किने नेपालीको संख्या ८ सय ३७ जना रहेको अनुमान गरिएको छ । उता दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले दार्चुलाका दुई नाका खलंगा र दत्तुबाट करिब ११ सय नेपालीलाई प्रवेश गराइने बताउनुभएको छ ।
 
सीमाबाट फर्केका नागरिकहरुका लागि प्रत्येक स्थानीय तहमा एक सय बेडका क्वारेन्टाइन निर्माण भइसकेका छन्। नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाएका छन् । उनिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखी र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button