नेपाली कांग्रेस

अर्थमन्त्रीको स्वेतपत्र झुटको पुलिन्दा : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकको तीन चौथाई समय सरकारमा बसेका कम्युनिस्टहरु नै मुलुकको वेथितिमा मुख्य जिम्मेवार रहेको बताएका छन् ।
शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अर्थमन्त्री डा। युवराज खतिवडाले हालै सार्वजनिक गरेको स्वेतपत्र झुटको पुलिन्दा भएको आरोप लगाए । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भन्नुभयो, ‘मलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् ।’
देउवाले यसअघि कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफुनो नेतृत्वको सरकारले उक्त संविधान अनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताए ।
‘संविधान जारी भएपछि पनि दुईदुई वटा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भने, ‘खोई त उहाँहरुले चुनाव गराउन सक्नुभएको रु चुनाव गराउन कसैले रोकेको थियो रु’
देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकारात्मक हुदै गएको बेलामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्नेगरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको पनि बताए ।
‘अघिल्लो बर्ष दशकौ पछि आर्थिक बृद्धि सात प्रतिशत रहयो’ देउवाले भने, ‘यो बर्ष ६ प्रतिशतको हाराहारीमा छ, अनि अर्थतन्त्र कसरी धरासायी भयो रु’
देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रिती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या दश लाख पुगेको बताउदै राष्ट्रिय ढुकुकटीमा दश अर्ब डलर बराबर सञ्चिती रहेको र २५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको अवस्थामा ढुकुटी रित्तो भन्नु गैरजिम्मेवारपूर्ण भएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button