संस्था गतिबिधी

वीपी विचार समाज तनहुको वैठक सम्पन्न

वीपी विचार समाज तनहुको व्यास नगरपालिका वडा नं. १० मा सम्पन्न वैठकले तनहु जिल्लाको सबै ८६ वडाहरुमा वीपी विचार समाज तनहुको वडा समिति गठन गर्ने निर्णय गरेको छ र वडा समितिहरुको गठन गर्नका लागि जिल्ला कार्य समितिका सदस्यहरुलाई प्रत्येक वडाको जिम्मा दिएको छ । वडा समिति गठन भइसकेपछि निकट भविष्यमा नै दमौलीमा जिल्ला स्तरिय भेला र प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तनहुमा ४ वटा नगरपालिका र ६ वटा गाउपालिका छन् । उक्त वैठकमा वीपी विचार समाज का केन्द्रिय सह सभापति तथा वीपी विचार समाजका संरक्षक श्री गोविन्दराज जोशीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोमा नेपाललाई हिडाउनका लागि वीपीको विचारले मात्र सक्ने हुदा वीपीको विचारलाई जनस्तर सम्म पुर्याउन सबै कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । वैठकको अध्यक्षता वीपी विचार समाज तनहुका अध्यक्ष उर्मिला थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वीपी विचार समाज तनहुका सचिव श्री हरिशरण पण्डितले गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button