breakingसमाचारसंस्था गतिबिधी

नेपाली काँगे्रसको नेत्रित्वले वीपीको विचार आत्मसाथ गर्न नसकेको नेता केवी गुरुङको आरोप

१८ जेष्ठ, काठमाडौैँ÷ नेपाली कांग्रेसका नेता एवं बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर(के.वी) गुरुङले नेपाली कांग्रेसले वीपीको विचार आत्मसाथ गर्न नसकेको आरोप लगाउनुभएको छ । बीपी विचार राष्ट्रिय समाजको सातौं साधारणसभामा बोल्दै उहाँले बीपीको बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोर भएको टिप्पणी गर्नुभयो । वीपीका विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै सबै राजनीतिक दलको मेलमिलापबाट मात्र मुलुकले निकास पाउने उहाँको विश्वास छ ।
यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका नेता एवं वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले शीर्ष नेताहरुको कार्यशैलीका कारण नेपाली काँगे्रस चुनावमा पराजित भएको बताउनुभयो । पूर्व मन्त्री समेत रहनुभएका जोशीले काँगे्रसलाई वीपीको आदर्श र सिद्धान्तमा हिँडाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा बोल्दै नेपाली काँगे्रेसका नेता एवं वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले आफूहरुले वीपीको विचार तथा सिद्धान्तलाई स्थापित गर्नको लागि संस्थाको गठन गरेको बताउनुभयो । नेपाली काँगे्रेसका केन्द्रीय नेत्रित्वले वीपीको विचारलाई वेवास्ता गरेको ठोकुवा गदै उहाँले आफूहरुको यो अभियानमा समस्त काँगे्रस कार्यकर्ताहरुको साथ रहेको बताउनुभयो । पार्टीभित्र बढेको गुट तथा उपगुटले काँगे्रसलाई पतनको मार्गतिर लगेको उहाँको भनाई छ । काँगे्रसलाई पतन हुनबाट वीपीले अंगालेको बाटो राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अनुसार अगाडी बढनुपर्नेमा चन्दको जोड छ ।
 
कार्यक्रममा बोल्दै पूर्व सभामुख एवं नेपाली काँगे्रसका नेता तारानाथ रानाभाटले वीपी कोइरालाले राष्ट्रियता , प्रजातन्त्र र समाजवाद विरुद्ध कोहीसँग घुँडा नटेको बताउनुभयो । उहाँले आज काँगे्रस नेत्रित्व वीपीको सिद्धान्त अनुसार चल्न नसक्दा इतिहाँसकै कमजोर अवस्थामा पुगेको दाबी गर्नुभयो । सत्ताभोग गरेका नेपाली काँगे्रसका धेरै नेता तथा कार्यकर्ताहरु भएको दाबी गदै रानाभाटले उनीहरुले पनि वीपीलाई नचिनेको स्पष्ट पार्नुभयो ।
सोही कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका नेता एवं वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य लोकेश ढकालले विचार र चिन्तनले नेपाली काँगे्रस पार्टी नरहेको दाबी गर्नुभएको छ । काँग्रेसले कम्युनिष्टको सिद्धान्तको बोकेको दाबी गदै उहाँले काँगे्रसलाई वीपीको बाटोमा हिडाउनको लागि समाजको स्थापना गरेको उल्लेख गर्नुभयो ।
 
कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका नेता एवं वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेले वर्तमान संविधान वीपीको विचारसँग मेल खान्छ कि खाँदैन भन्ने विषयमा खोजविन हुनुपर्ने बताउनुभयो । वर्तमान संविधानलाई काँगे्रस तथा कम्युनिष्ट नेताहरुले उत्कृष्ट संविधान भन्न छोडेको बताउँदै समाजले आफ्नो धारणा स्पष्ट पार्नुपर्नेमा उहाँको जोड छ । देशलाई गृहयुद्धतर्फ उन्मुख गराउन विभिन्न तत्वले खेलिरहेको संकेत गदै उहाँले पशुपतिनाथमा चर्च स्थापना गरिनु षडयन्त्र भएको दाबी गर्नुभयो ।
 
कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपालको इतिहासमा जंगबहादुरपछि सवैभन्दा उल्लेख्य पात्र वीपी कोइराला भएको बताउनुभएको छ । वीपी कोइरालाले अनिश्वरवादी भएपनि उनले नेपालको परम्परा, संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नास्तिक भएरपनि वीपी कोइराला नेपालको परम्परा तथा संस्कृतिप्रति कहिलेपनि होस्टाइल नभएको सुवेदीको दाबी छ । राजनीतिक विश्लेषक सुवेदीले नेपाली काँगे्रस पार्टी प्रचण्डपथअनुसार हिडेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमा वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर १ का सभापति दिपक लोहनी, वीपी विचार समाज पर्साका सभापति धर्मेन्द्र कट्टेल, वीपी विचार राष्ट्रिय समाजकी तनहुँकी कोषाध्यक्ष चीनु पोखरेल,वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य राजन पन्त, वीपी विचार राष्ट्रिय समाजका प्रदेश नंवर २ सभापति चुन्नीशरण यादव, नेपाली काँगे्रस काभे्रका पूर्व सभासद् ललिता किङरीङ, वीपी विचार समाज मोरङकी सभापति शान्ता रिजाल, वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य चिरन्जीवी शर्मा, वीपी विचार समाज उदयपुरका सभापति भुपेन्द्र थापा, वीपी विचार समाज काठमाडौैँका जिल्ला सदस्य विश्वनाथ दहाल, नेपाली काँगे्रस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, वीपी विचार समाज जापानका प्रतिनिधि सुवास लोहनी, वीपी विचार समाज खोटाङका प्रतिनिधि रामकुमार तामाङ, वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ५ का सभापति रेवतीप्रसाद भुसाल, वीपी विचार समाज चितवनको सहसचिव देवकी गौतम, वीपी विचार समाज सल्यानका सचिव नेत्रलाल ओली, वीपी विचार राष्ट्रिय समाज (मोरङ) केन्द्रीय सदस्य कविराज न्यौपाने, नेपाली काँग्रेस पाल्पाका सभापति माधव न्यौपाने, वीपी विचार समाज प्रदेश नंवर ४ का उपसभापति खेमराज पौडेल, वीपी विचार समाज तनहुँका प्रतिनिधि टंक गैरे, वीपी विचार समाज सुनसरीका सभापति केशव भट्टराई, वीपी विचार समाज झापाका सभापति हर्कलाल गिरी, वीपी विचार समाज रुपन्देहीका शरद भट्टराई, वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ३ का संयोजक खेमराज सेडाई, वीपी विचार समाज लम्जुङका सभापति डिकेन्द्रराज कंडेल, वीपी विचार समाज बर्दियाका सभापति अरुण सिँह राठोर, वीपी विचार समाज तनहुँका सचिव परशुराम गिरी, वीपी विचार समाज लम्जुङका प्रतिनिधि राधा श्रेष्ठ, वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ७ का सभापति विरबहादुर हमाल, वीपी विचार समाज धादिङका सभापति हरीभक्त त्रिपाठी, वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य राजन दहाल, वीपी विचार समाज नवलपुरका सभापति दुर्गा बहादुर राना, वीपी विचार समाज सुनसरीका प्रतिनिधि डिलकुमारी राई, वीपी विचार समाज गुल्मीका सभापति लक्ष्मण सिँह, वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुनिल कुमार भण्डारी, खगेन्द्र हमाल, वीपी विचार समाज सल्यानकी प्रतिनिधि हेमा शर्मा ओली, वीपी विचार समाज तनहुँका सचिव हरीशरण पण्डित, वीपी विचार समाज मकवानपुरका सहसभापति माधव आचार्य, वीपी विचार समाज मोरङका प्रतिनिधि सुनिल सापकोटा, वीपी विचार समाज पर्वतका सभापति द्रोणबहादुर उपाध्याय , वीपी विचार समाज तनहुँका सदस्य सुकुमलाल गुरुङ, नेपाली काँगे्रस ताप्लेजुङका सचिव मंगल म्याङ्बो लगायतले आफ्ना धारणा राखेका थिए ।
२०७६ साल जेष्ठ १८ गते सुरु भएको वीपी विचार राष्ट्रिय समाजको सातौैँ साधारण सभा जेष्ठ १९ गते सम्पन्न भएको थियो । सभामा वीपी विचार राष्ट्रिय समाजका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेशसभाका पदाधिकारी, केन्द्रीय विभागका संयोजक एवं सदस्यहरु, प्रदेशसभाका पदाधिकारीहरु, लगायत ७७ वटै जिल्ला सभापतिहरुको सहभागिता रहेको रहेको थियो ।

nema
Show More

Related Articles

Back to top button