समाचार

सरकारले गोविन्द केसीको माग पुरा नगरे देशमा आगो बल्ने पूर्वप्रधानन्यायाधीश कार्कीको चेतावनी

५ साउन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले अनशनरत डा. गोविन्द केसीको माग पुरा नगरे देशमा आगो बल्ने बताएकी छिन् ।
आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताइन । वर्तमान सरकारलाई जनताले मत दिएको आफूलाई जानकारी रहेको भन्दै उनले सरकारले पनि जनताले भनेको मान्नुपर्छ उल्लेख गरेकी हुन ।
 
सत्याग्रही डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाइन् । डा। केसी आफ्ना लागि नभई नेपाली जनताका लागि लडेको र उनले अमरत्व प्राप्त गरिसकेको कार्कीले जिकिर गरिन ।

nema
Show More

Related Articles

Back to top button