समाचार

कांग्रेस नेता कुलबहादुर गुरुङद्वारा सभापति देउवालाई दिएको प्रस्ताव फिर्ता, वर्तमान केन्द्रीय समिति भंग गर्न माग

काठमाण्डौं । नेपाली कंग्रेसको तेह्रौ महाधिवेशनमा पार्टी सभापति शेरवाहादुर देउवाको प्रस्तावक बनेका नेता कुलबहादुर गुरुङले आफ्नो प्रस्ताव फिर्ता लिएको बताउनु भएको छ । पार्टी कार्यालय सानेपामा जारी केन्दीय कार्य समिति बैठकमा मन्तव्य राख्दै गुरुङले सभापति देउवाले देशभरका महाधिवेशन प्रतिनिधिको विश्वास गुमाएको र पार्टीको सिद्धान्त विपरित काम गर्दै अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गरेको आरोप लगाउँदै आफ्नो प्रस्ताव फिर्ता लिएको घोषणा गर्नु भएको हो ।
आफ्नो लामो मन्तव्यको अधिकाँश समय सभापतिको आलोचनामा खर्चिनु भएका गुरुङले स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगपालिकामा पार्टीको सिद्धान्त र नीति विपरित कार्यसमितिलाई पनि छलेर देउवाले सत्ता केन्द्रित मोहबाट अभिप्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीलाई जिताउन हँसिया हथौडामा भोट मागेको, सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाका क्रियाकलापले स्वतन्त्र न्यायालयको गरिमा प्रति चोट पुगेको र पदकोे हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यत्ति र क्रियाकलापका कारणले संघ र प्रदेशको निर्वाचनमा पार्टीले लज्जाजनक पराजय व्यहोर्नु परेको गुरुङले बताउनु भएको छ ।
सभापतिकै कारण आज कांग्रेसले आफ्नो साख गुमाएको दावी गर्दै गुरुङले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पार्टीको लोकप्रियता गुमेको पनि बताउनु भएको छ ।
चार पृष्ठ लामो लिखित मन्तव्यमा गुरुङले नेपाली कांग्रेसको विधान समयानुकुल परिमार्जन गरी सवै तहका समितिहरुलाई विघटन गर्न माग गर्नु भएको छ । उहाँले ६ महिना भित्र महाधिवेशन सम्पन्न गरी नेतृत्वको चयन गर्नु पर्ने बताउनु भएको छ ।
पार्टी सभापति देउवाले कार्यकर्ताको भावना अनुसार पार्टीलाई परिवर्तन गर्न नसकेको गुरुङले बताउनु भएको छ । उहाँले पार्टीलाई मौलिक सिद्धान्त र आदर्शको बाटोबाट अगाडी लैजान आफुसंग अझै पनि जाँगर एवं आँट रहेको उल्लेख गर्दै पार्टीको नेतृत्व लिन तयार रहेको बताउनु भएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button