समाचार

मनिषाले पाइन् दादा साहेब फाल्के अवार्ड

नेपाली अभिनेत्री मनिषा कोइराला भारतको प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड २०१८ बाट सम्मानित भएकी छिन् । भारत सरकारले सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरुलाई हरेक वर्ष योउ अवार्ड दिने गर्छ ।
मनिषालाई ‘मोस्ट भर्सेटाइल एक्ट्रेस इन इन्डियन सिनेमा’ विधामा सो अवार्ड दिइएको हो । मुम्बईमा आइतबार राति आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । अवार्ड लिएपछि अभिनेत्री मनिषाले आफू गौरवान्वित भएको बताएकी छिन् ।
समारोहमा फिल्म ‘प्याडम्यान’ का लागि अक्षय कुमारलाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिइएको थियो भने ‘ट्वाइलेट एक प्रेमकथा’ बाट भूमि पड्नेकरले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । दादा साहेब फाल्केको जन्म शताब्दी वर्ष १९६९ देखि भारत सरकारको सञ्चार मन्त्रालयले यो अवार्ड सुरु गरेको हो ।
मनिषाले पहिलोचोटि यो अवार्ड जितेकी छिन् । ९० को दशकमा बलिउड फिल्म उद्योगमा छाएकी अभिनेत्री मनिषाले बम्बे, १९४२ अ लभ स्टोरी, मन, हिन्दुस्तानी लगायत दर्जनौं चलचित्रमा अभिनय गरेकी थिइन् । उनी अहिले पनि बलिउडमा सक्रिय छिन् । सञ्जय दत्तको वास्तविक जिवनमा आधारित बायोपिक ‘सञ्जु’ मा उनले सञ्जयकी आमा नरिगसको भूमिका निर्वाह गरेकी छिन् ।
nema
Show More

Related Articles

Back to top button