समाचार

फोरम संविधान संसोधनको टुंगो नलागेसम्म सरकारमा सहभागि नहुने ।

 
काठमाडौं–संघीय समाजवादी फोरम नेपाल बाम गठबन्धनको सरकारमा संविधान संशोधनबारे टुंगो नलागेसम्म सहभागि नहुने भएको छ ।
बुधवारदेखि राजधानीमा शुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधान संशोधनको विषय टुगों नलागेसम्म सरकारमा सहभागी नहुने धारणा राखेका हुन ।
बैठकमा फोरम नेपालले आफ्नो अडान कायम राख्नुपर्ने सुझाव आएको केन्द्रीय सदस्य एवं प्रदेश १ का सांसद जयराम यादवले जनाए ।
यसअघि फोरम नेपालको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेपनि सविधान संशोधनको विषयमा कुरा नमिलेपछि प्रधानमन्त्री के.पी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि भएको छैन ।
पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पेस गरेका राजनीतिक प्रतिवेदनमाथि बुधवार छलफल भएको थियो । बिहिवार सांगठनिक प्रतिवेदनमा माथि छलफल भएको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button