नेपाली कांग्रेस

पौडेल र कोइरालासँग काँगे्रस नवनियुक्त पदाधिकारीको आग्रह

२३ बैशाख , काठमाडौै÷ काँग्रेसका नवनियुक्त पदाधिकारीले शनिवार वरिष्ठ नेता रामचन्द्र पौडेलर महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन । सभापति शेरवहादुर देउवाले शुक्रवारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।
मनोनयन प्रक्रिया विधान विपरित भएको भन्दै संस्थापन इतर पक्षले बैठक पक्षले बैठक बहिस्कार गरेको थियो । वरिष्ठ नेता पौडेल पक्षले विधान विपरितको प्रक्रियालाई नमान्ने घोषणा गरिरहेको बेला निधि, खडका र महतले एकसाथ पौडेल र महामन्त्री कोइरालालाई भेटेर सहयोग मागेका थिए ।
ब्यक्तिसंग हाम्रो कुनै गुनासो होइन । प्रक्रिया गलत भयो भन्ने हो । सभापतिजीको कायैशैली र ब्यवहारको प्रश्न हो , तीनै पदाधिकारीसँगको भेटपछि पौडेलले भने— सभापतिजीले पार्टीका क्रियाकलाप सच्याएर अघि बढनु हुन्छ कि हुन्न भन्नेमा सहयोग गर्ने कि नगर्ने भन्ने भर पर्छ ।
उनले विधानको ब्यवस्थाविपरीत सभापतिले जबर्जस्ती प्रक्रिया अघि बढाएको प्रति आफूहरुको बिरोध रहेको बताए । महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने विधानको प्रावधान संशोधननै नगरी सभापति देउवाले २६ महिनापछि पदाधिकारी मनोनयन गरेका थिए । जसलाई लिएर पौडेल, सिटौला पक्षले बैठक बहिस्कार गरेको थियो ।
‘अब जे भयो—भयो पार्टीलाई एकताका साथ अघि बढाउन तपाइहरुकै मार्गदर्शनअनुसार अघि बढछौैँ भनेर हामीले भन्यौ ’ उपसभापति निधिले भने— उहाँले पनि शीर्ष नेताहरुबीच कुनै विषयमा फरक धारणा भए पनि मिलेर जानुपर्ने धारणा राख्नुभयो ।
कान्तिपुर राष्ट्रिय दैनिकबाट

nema
Show More

Related Articles

Back to top button