विश्व

पाकिस्तानका गृहमन्त्री इकबालमाथि गोली प्रहार

२४ बैशाख÷पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । पञ्जाव प्रान्तको नारोवाल शहरमा भएको कार्यक्रममा गएको बेला उहाँमाथि गोली प्रहार भएको हो । गृहमन्त्री इकबाललाई पाखुरामा गोली लागेको इकबालका सहयोगी असिम खानले बताउनु भएको छ । गोली लागे लगत्तै उहाँलाई तुरुन्त अस्पताल पुर्‍याइएको थियो ।
 
इकबालका सहयोगी खानका अनुसार गृहमन्त्रीको अवस्था खतरामुक्त रहेको पाकिस्तानी संचार माध्यमले जनाएका छन् । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । गृहमन्त्री इकबालमाथि के कारणले गोली चलाइयो भन्ने बारे खुलेको छैन । पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यस्तै पाकिस्तानका सबै राजनीतिक पार्टीले घटनाको आलोचना गरेका छन् । पाकिस्तानमा अबको केही महिना पछि आम चुनाव हुँदैछ । चुनाव अघि गृहमन्त्रीमाथि गोली प्रहार भएको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button