समाज

मोदीको स्वागतका लागि निर्मित स्वागतद्धार हुरीले उडायो

काठमाडौं, बैशाख २६ । धनुषा र महोत्तरीमा बुधबार विहान आएको हावाहुरीले क्षति पु¥याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेती समेत नष्ट गरेको छ ।
योसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारमा पनि क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।
मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालेका हुन् ।
राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार आज बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो । हावाहुरीसँगै आएको पानीले रंगभूमि मैदानमा पानी जमेको छ ।
धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले किसानको फलफुलमा पनि क्षति पुर्‍याएको छ ।
हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित छन् । महोत्तरीमा धेरै घरको छानो उडाएको र रुख ढालेको जनाइएको छ ।
तस्विरः घनश्याम मिश्रको फेसबुक

nema
Show More

Related Articles

Back to top button