समाचारविश्व

गाजा हिंसाः मृतकको संख्या ५८ पुग्यो, २७०० घाइते

१ जेठ, काठमाडौं । प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसामा कम्तीमा ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् ।
इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको हो ।
अमेरिकाले आफ्नो दूतावास सारेपछि त्यहाँ हिंसा फैलिएको थियो ।
दूतावास खोल्ने निर्णयप्रति प्यालेस्टायन सन्तुष्ट छैन । प्यालेस्टायनले दूतावास खोल्ने अमेरिकी योजनालाई जेरुसेलममाथि आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने इजरायली नीतिको समर्थनका रुपमा लिएको छ ।

२०७५ जेठ १ गते ९:१२ मा प्रकाशित

nema
Show More

Related Articles

Check Also
Close
Back to top button