समाचार

विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

७ जेष्ठ, कानपुर÷भारतको कानपुरमा शहरमा विषाक्त मदिरा सेवन गर्दा कम्तिमा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
 
यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुईरदुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ । कानपुरका अधिकांश मदिरा पसलमा विषाक्त मदिरा बेचेको पाइएकाले थप अनुसन्धान भइरहेको जनाइएको छ । भारतका विभिन्न जिल्लामा विषाक्त मदिरा सेवनका कारण वर्षेनी कयौंको ज्यान जाने गरको छ । यसै बर्षको जनवरीमा देवा क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा १२ जना मानिसले ज्यान गुमाएका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button