समाचारनेपाली कांग्रेस

राजाको शासनभन्दा पनि डर लाग्दो अवस्था आयो ः काँगे्रस नेता कोइराला

बनेपा, २० वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले साइबर क्राइम र आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरेर दुःख दिने काम भएको बताएका छन् ।
नेपाल प्रेस युनियन काभ्रे शाखाको अधिवेशनलाई शुक्रबार बिहान उदघाटन गर्दै डा. कोइरालाले अहिलेको सरकारले पत्रकारको मुख र कमल छोप्न खोजेको आरोप लगाए ।
उनले नेपाल प्रेस युनियनको केन्द्रीय अधिवेशन गर्न आग्रह गरे । ‘प्रेस युनियनको अध्यक्ष बद्री सिग्देल सहभागी भएको कार्यक्रममा उनले प्रेस युनियनको केन्द्रीय अधिवेशन चाँडो गर्न आग्रह गरे । विधानलाई स्वीकार गर्ने हो भने अधिवेशनभन्दा अर्को बिकल्प नभएको काँगे्रस नेता कोइरालाको भनाई छ ।
नेपाल प्रेस युनियनलाई तदर्थवादमा नलैजान उनले आग्रह गरे ।
नेपाली कांग्रेसले पनि नयाँ विधानअनुसार वडादेखि केन्द्रसम्मको अधिवेशन गर्नुपर्ने मा नेता कोइरालाको जोड थियो ।

nema
Show More

Related Articles

Back to top button