breakingसमाजवी पी विचारनेपाली कांग्रेस

कांग्रेसमा वी.पी विचारलाई स्थापित गराउन प्रदेश नंवर ३ मा विशाल कार्यकर्ता भेला हुने

११ जेष्ठ, २०७५÷ नेपाली काँगे्रसभित्र वी.पीको विचारलाई स्थापित गराउन वी.पी विचार राष्ट्रिय समाजले ३ नंवर प्रदेशस्तरिय कार्यकर्ता भेला गर्ने भएको छ । उक्त भेलालाई नेपाली काँगे्रसका वरिष्ठ नेता एवं पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आफ्नो विचार र कार्यक्रम प्रस्तुत गर्नुहुने समाजका महासचिव विनयध्वज चन्दले बताउनुभयो ।
जेष्ठ १८ गते हुने कार्यकर्ता भेलालाई सफल बनाउन ३ नंवर प्रदेशमा रहेका सबै जिल्लाका सभापतिहरु तथा वी.पी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।
गत बैशाख २१ गते तनहुँको दमौलीमा ४ नंवर प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको थियो । सो भेलामा सहभागिहरुले नेपाली काँगे्रस इतिहाँसकै कमजोर अवस्थामा पुग्न लागेको भन्दै पूर्वमहामन्त्री गुरुङलाई काँगे्रसको नेतृत्व सम्हाल्न सुझाएका थिए ।

nema
Show More

Related Articles

Back to top button