समाचार
नेकपाले लियाे प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता मुख्यमन्त्री राउतकाे काम कारबाहीप्रति असन्तुष्टी
समाचार
प्रदेश २
आइतबार, १३ जेठ २०७५ गते प्रकाशित

नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत भएकाले सरकारलार्इ कुनै फरक नपर्ने देखिएकाे छ । नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् ।
उनीहरूले मुख्यमन्त्री लालबाबु राउतकाे कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिएकाे बताएका छन् ।
