समाचार

दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

२८ जेष्ठ, काठमाडौैँ÷दोलखाको लादुकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतवार साँझ भएको दुर्घटनामा चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिकाका ईश्वरी थापा र सोही स्थानका टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा भएको दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडाँै पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button