विश्व

पहिलो पटक भेट्दा ट्रम्प किम भेटवार्ता हुँदा (भिडियो समेत )

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक सिंगापुरमा भेटवार्ता गरेका छन् । पहिलो पटक भेट्दा दुवैमा ऐतिहासिक भेटवार्ता गर्दैछौं भन्ने भाव थियो । तर, उनीहरुको बडी ल्याङ्ग्वेज ९हाउभाउ०ले दुवै नर्भस रहेको देखाएको एक बडी ल्याङ्ग्वेज विशेषज्ञले बताएका छन् ।
ट्रम्प र किमबीच सिंगापुरको सान्टोसा द्वीपमा अवस्थित एक पाँच तारे होटल क्याम्पेलामा भेटवार्ता भएको हो ।
भेटको सुुरुमा दुई नेताले हात मिलाएका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किमको पाखुरामा हात राखे ।
झण्डै ६० सेकेण्ड हात मिलाउँदा किमले तीन पटक ट्रम्पको अनुहारमा हेरेका थिए । किमलाई भेट्नुअघि ट्रम्पले वार्ताप्रति उत्तर कोरियाली नेता कति वार्तामा गम्भीर छन् भन्ने कुरा आफूले एक मिनेटमा नै पत्ता लगाउने बताएका थिए ।
त्यसैले पनि होला, सुरुवाति भेटमा दुवै नेतामा ‘ऐतिहासिक वार्ता हुँदैछ’ भन्ने भाव देखिएको इन्फ्युएन्स सोलुसनका प्रवन्धक करिन लियोङले उल्लेख गरे । दुवैलाई नर्भसनेस भने लुकाउन मुस्किल परेको उनले एसिया वानलाई बताएकी छन् ।
हात मिलाउँदा उनीहरुमा जोशको भाव देखिएन । ट्रम्पले कुनै पनि राष्ट्राध्यक्ष वा अधिकारीहरुलाई भेट्दा धेरै बेरसम्म हात मिलाउँछन् । समातेको हात जोडले हल्लाउँछन् । किमसँग पनि उनले त्यसै गरे ।
यसरी भएको थियो भेटवार्ता

nema
Show More

Related Articles

Back to top button