समाचार

धुलिखेल सामुदायिक अस्पतालमा म्याद गुज्रिएको औषधि फेला

८ असार, काभ्रे । धुलिखेल सामुदायिक अस्पतालमा म्याद गुज्रिएको औषधि फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट म्याद गुज्रिएको औषधी फेला पारेको हो ।
‘अनुगमनका क्रममा धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट मानसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्यद गुज्रिएको भेटिएको जिल्ला जनस्वास्थ्य अधिकृत नन्नराज वस्तीले जानकारी दिनुभयो ।
धुलिखेल अस्पतालका फार्मेसी प्रमुख हिरामान शंखरले गलत नियतले औषधी बिक्री कक्षमा म्याद गुज्रिएको औगाधी नराखिएको बताउनुभयो ।
जथाभावी खोलिएका फार्मेसीमा धेरै समस्या रहेको गुनासो आएपछि अनुगमन र नियमन तर्फ लागिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button