समाचारसंस्था गतिबिधी

वी.पी विचार राष्ट्रिय समाजले फरक शैलीले मनायो वी.पीको ३६ औैँ स्मृति दिवस (भिडियो)÷ वी.पी अन्तराष्ट्रिय ब्यक्तित्वः पूर्वराष्ट्रपति यादव

६ साउन, काठमाडौैँ÷आइतवार जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३६ औैँ स्मृति दिवश विविध कार्यक्रम गरि देशैभर मनाइरहँदा वी.पी विचार राष्ट्रिय समाजले भने फरक तरिकाले दिवश मनाएको छ ।

समाजले काठमाडौैँको बानेश्वर ब्याङक्वेटमा राष्ट्रिय जिवनमा वी.पी कोइराला भाग—२ पुस्तकको विमोचन गरि स्मृति दिवस भब्यताका साथ मनाएको हो । प्रमुख अथिति नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुस्तकको विमोचन गर्नुभएको थियो । डा. वासुदेव खनालद्धारा सम्पादित पुस्तकमा वी.पी कोइराला संबन्धी जानकार ख्यातिप्राप्त लेखकहरुको लेख तथा विचार समेटिएका छन् ।
 

कार्यक्रमलाई सम्बोधन गदै पूर्वराष्ट्रपति यादवले वी.पी कोइराला राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय ब्यक्तित्व भएको बताउनुभयो । वी.पी कोइराला राजनीतिक ब्यक्तित्व मात्र नभएर सबै विषयमा जानकार ब्यक्तित्व भएको बताउनुभयो । कोइराला साहित्य, मनोविज्ञान, समाज, अर्थतन्त्र लगायतका विषयमा जानकार ब्यक्तित्व रहेको उल्लेख गर्नुभयो । पुस्तक पढेर पाठकहरुले वी.पीको ब्यक्तित्वबारे बुझ्न सक्ने पूर्व राष्ट्रपति यादवले बताउनुभयो । यादवले राष्ट्रपति हुँदा बाध्यतामा परेर विभिन्न निर्णय गर्नुपरेको स्मरण गर्नुभयो । नेपाली काँगे्रसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले देश वचाउनको लागि प्रयास गरेको बताउनुभयो ।
 
दिल्लीमा काँगे्रसले भारतको माटो समाए— जोशी
सोहि कार्यक्रममा सम्बोधन गदै वी.पी विचार राष्ट्रिय समाजका सह—सभापति गोविन्दराज जोशीले वर्तमान नेतृत्व वी.पी को विचारमा चल्न नसकेको आरोप लगाउनभयो । नेपाली काँगे्रसले २०४२ सालबाटै वी.पीको विचार छोडन सुरु गरेको जिकिर गर्नुभयो । नेपालको बारेमा निर्णय लिन गाह«ो परेमा नेपालको एक मुठी माटो हातमा लिएर निर्णय लिनुपर्ने वी.पीको विचारको स्मरण गदै दिल्लीमा काँगे्रसले १२ वुँदे सम्झौता गर्दा भारतको माटो समाएर निर्णय गरेकाले हालको समस्या आएको जिकिर गर्नुभयो । काँगे्रस नेतृत्व वी.पी को विचारमा नहिडेको बताउँदै , कित नेतृत्व वी.पी को विचारमा हिड्नुपर्ने कि त नेतृत्व परिवर्तन हुनुपर्ने विचार ब्यक्त गर्नुभयो । काँगे्रस पैसामा विकेको उहाँको आरोप थियो ।
 

काँगे्रसले वी.पीको विचार छाड्योः के.वी गुरुङ
कार्यक्रममा वी.पी विचार राष्ट्रिय समाजका सभापति के.वी गुरुङले वर्तमान नेतृत्वले वी.पी को विचारलाई आत्मसाथ नगरे काँगे्रस पतन हुने चेतावनी दिनुभयो । उहाँले काँगे्रस कमजोर नरहेको बताउँदै नेतृत्वले आफ्नो स्वार्थमा काँगे्रसलाई कमजोर पारेको दाबी गर्नुभयो ।
समाजका महासचिव विनयध्वज चन्द्रले स्वागत मन्तब्य राखेको कार्यक्रममा समाजका केन्द्रीय सदस्य लक्ष्मण प्रसाद घिमिरे, लोकेश ढकाल, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व मन्त्री
 

विपिन कोइराला लगायतले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत, सांसद एवं ने.का केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, पूर्व मन्त्री ओमकारप्रसाद श्रेष्ठ लगायत पत्रकार, बुद्धिजिवी तथा काँग्रेस कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
 

 

 

nema
Show More

Related Articles

Back to top button