२२ साउन, काठमाडौैँ÷महानगरीय प्रहरी परिसर काठमाडौंले अवैधरुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूलढोकाअगाडि शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले आलमसँग सुनका सातथान चुरा र पाँचथान बेरुवा औंठी बरामद गरेको छ । उक्त सुनको बजार मूल्य २१ लाख ९४ हजार ५७ रुपैँया रहेको छ । अभियुक्त आलमलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
Related Articles
पार्टीभित्रको असमझदारीको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र वितरण सुरु भएको प्रति तनहुँ काँग्रेस कार्यकर्ताको ध्यानाकर्षण
६ चैत्र २०७६, बिहीबार ०९:२८
देउवालाई जिल्ला सभापतिको चेतावनीः ज्ञानेन्द्रको जस्तै हालत नहोस्
८ असार २०७५, शुक्रबार ०२:११
Supreme Court: Constitution doesn’t allow arrest without fair process
३ जेष्ठ २०७५, बिहीबार ०१:४१
Check Also
Close
-
सरकार विरुद्ध बालुवाटारमा विशाल प्रदर्शन
२९ जेष्ठ २०७७, बिहीबार ११:३६