समाचार

सीपीएल क्रिकेटमा सन्दिप लामिछानेको सानदार प्रदर्शन÷ट्रङ्बागो ४२ रनले पराजित

काठमाडौं, साउन २७ । वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) टि—ट्वान्टी क्रिकेटमा सेन्ट किट्स एण्ड प्याट्रियट्सले पहिलो जित दर्ता गरेको छ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध प्याट्रियट्सले ट्रङ्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
नेपाली समयअनुसार आइतवार विहान साढे पाँच बजे शुरु भएको खेलमा सन्दिप आवद्ध प्याट्रियट्सले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । सन्दिपको टिमले निर्धारित २० आभेरमा ७ विकेटको क्षतीमा २०३ रनको विशाल स्कोर बनाएको थियो ।
टिमका लागि डेभोन थोमसले ५८, कार्लोसले ४१, कप्तान क्रीस गेलले ३५, बेन कटिङले नट आउट २५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अलि खानले ३, सुनिल नारायनले २ र केभान र डिजे ब्राबोले समान १(१ विकेट लिन सफल भए । २०४ रनको विजयी लक्ष्य पाएर मैदान उत्रिएकोे ट्रङ्बागो नाइट राइडर्स पदर्शन खराब रह्यो । आज पनि सुरुवाती ब्याट्सम्यान सुनिल नारायण सस्तैमा आउट भए । उनी एक चौका प्रहार गर्दै आउट भए ।
नाइट राइडर्सका लागि डार्रेन ब्राबोले ४१, केभोनले ४२ र कोलिन मुनरोले ३५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानको सम्झनलायक प्रदर्शन रहेन । बलिङमा प्याट्रियट्सका लाउसिस, बेन कटिङ र कार्लोशले समान ३ ३ विकेट लिए । भने, सन्दिप लामिछाने र सेल्डोनले समान १(१ विकेट लिन सफल भए ।
नेपाली लेग स्पिनर लामिछानको प्रदर्शन आज पनि उत्कृष्ट भएको छ । उनले आफ्नो पहिलो ओभरमा अष्ट्रेलियाका क्रीश लेनलाई आउट गरे । उनले पहिलो ओभरमा एक विकेट लिनुका साथैं, मेडन ओभर दिए । भने, दोस्रो ओभरमा मात्र ३ रन खर्च गरे । र, आफ्नो तेस्रो ओरभमा १४ रन खर्चिए । उनले आज ३ ओभर मात्र बलिङ गर्न पाएका थिए । सन्दिप आवद्ध टिमको यो पहिलो जित हो । गएको बिहिबार भएको खेलमा उनको टिमले गुयनासँग ६ विकेटले पराजित भएको थियो ।

nema
Show More

Related Articles

Back to top button