समाजनेपाली कांग्रेस

चक्र बास्तोलालाई सेनानी सम्मान पुरस्कार

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको सेनानी सम्मान पुरस्कार कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ ।
करिव ५ बर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिए बापत पुरस्कार दिने लागिएको हो ।
पुरस्कारको राशी पचास हजार रुपैयाँ छ । प्रत्येक बर्ष बीपी जयन्तीका अवसरमा ट्रष्टले बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।
एक लाख एक हजार राशीसहितको बीपी साहित्य सम्मान पुरस्कार भने यस बर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई दिने निर्णय भएको छ ।
nema
Show More

Related Articles

Back to top button