breakingसमाचार

प्रधानमन्त्री ओलीले मंगलवारको प्रतिनिधिसभा बैठकमा के भने ?

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकअर्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको मंगलवारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौ‌मा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलंकाका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा औपचारिक ढङ्गले छलफल भएको जानकारी दिए ।
सम्मेलनमा जारी १८ बुँदे घोषणापत्र कार्यान्वयनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग बेग्लाबेग्लै औपचारिक छलफल हुँदा एक देशविरुद्ध हुने आतङ्कवादी क्रियाकलाप हुन नदिने, पञ्चशीलको सिद्धान्तमा अडिग रहने र अहस्तक्षेपकारी सिद्धान्तलाई परिपालन गर्ने महत्वपूर्ण विषयमा छलफल भएको बताए ।
रक्सौल–वीरगञ्ज–काठमाडौं रेलमार्ग अध्ययन गर्न भएको समझदारी, नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला उद्घाटन, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा र सामथ्र्य स्थापना र नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता बढेको उनले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button