समाचार

गौरा पर्वको आज समापन हुँदै

डडेल्धुरा, भदौ २२÷ प्रदेश ७ र कर्णाली प्रदेशको मौलिक पर्व गौराको शुक्रवार समापन गरिदैछ ।
भदौ शुक्ल पञ्चमीदेखि मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर समापन गर्न लागिएको हो । गौरा संस्कृतिमा माता पार्वतीलाई गौरा र शिवजीलाई महेश्वरको प्रतिकको विधिवत पूजा गरी पाँच रात राखेर बिसर्जन गर्ने परम्परा छ ।
ग्रामीण क्षेत्रमा गौरा महेश्वरको गीतगाथा गाएर भक्तिभावका साथ भव्य रुपमा गौरा समापन गरिन्छ ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउन शुरु गरिएको किंबदन्ती छ ।
प्रदेश ७ र कर्णालाी प्रदेशका अधिकांश स्थानमा आज गौरा विसर्जन गरिने भए पनि डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको राष्ट्रिय गौरा महोत्सव २०७५ भने भोलिमात्र समापन गर्ने कार्यक्रम छ ।

nema
Show More

Related Articles

Back to top button