१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बालुवाटार सडकमा प्रदर्शमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
