breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस आफ्नै आन्दोलनको ज्वालामा, उद्देश्यविहीन आन्दोलन गरेको भन्दै पार्टी भित्रै चुलियो विवाद

नेपाल आजबाट साभार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारबिरुद्ध आन्दोलनमा छ । माघ २१ गते त उसले देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्यो । कांग्रेसले कुनै हठातमा नभई लामो छलफलपछि सरकारबिरुद्ध सडक र सदनबाटै आन्दोलन उठाउने निर्णय गरेको हो ।  सरकारले लोकतन्त्र मास्न खोजेको कांग्रेसको मुख्य आरोप छ । तर, कांग्रेसभित्रै यो आन्दोलनका बिषयमा ब्यापक असन्तुष्टि चुलिएको छ । 


कांग्रेसले के उद्देश्यले आन्दोलन थालेको हो ? आन्दोलनको गन्तव्य र लक्ष्य के हो ? आन्दोलनका प्रक्रिया र चरण के के हुन् ? के कांग्रेसले सरकार ढाल्न खोजेको हो ? कांग्रेसले आन्दोलनबाट निर्वाचित सरकार ढाल्न सक्छ ? 


अहिलेसम्म यी प्रश्नको उत्तर न कांग्रेस नेतृत्वले दिएको छ न त आन्दोलनको निर्णय गर्ने केन्द्रीय समितिले नै स्पष्ट गरेको छ । गन्तव्य र लक्ष्यबिनाको आन्दोलनले के परिणाम ल्याउँछ ? जनतामा जाने सन्देश के हो ? यी कुनैपनि बिषयमा समीक्षा नै नभइ हचुवाका भरमा आन्दोलनमा जानु गम्भीर भूल भएको बताउँछन् कांग्रेस नेता विनयध्वज चन्द । 

अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Back to top button