breaking

केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित हुनुपर्नेमा काँगे्रस नेता केसीको जोड

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले मंगलबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्नेमा जोड दिए । उनले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गरेकाले यसलाई कसैले हटाउन नसक्ने बताए । वडा तहबाटनै निर्वाचित भएर केन्द्रीय समिति बन्यो भने पार्टी चलायमान हुने र कार्यकर्ताको भावनाको कदर हुने केसीको भनाई थियो ।

नेता केसीले कांग्रेस अनेक किसिमका आरोह अवरोहका बीचमा पनि आफ्नो सिद्धान्तबाटपछि नहटेको जिकिर गरे । कांग्रेसले अहिले समसामयिक रुपमा लोकतन्त्रसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयलाई उठान गर्दै आएको उनको भनाइ थियो । सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको केसीले आरोप लगाए ।

nema
Show More

Related Articles

Back to top button