समाचार

संसदीय सुनुवाई समितिको बैठक स्थगित

काठमाडौं, फागुन १२ । गणपुरक संख्या नपुगेपछि आइतबार बस्ने भनिएको संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ ।

मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै डाकिएको बैठक स्थगित भएको हो ।

संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो ।

यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आइतबारको बैठकले अनुमोदन गर्ने तयारी गरेको थियो । तर बैठक नै स्थगित भएपछि त्यो विषयमा पनि निर्णय हुन सकेन ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध भने नागरिकता लगायत विषयमा उजुरी परेकाले छानबिनका लागि कागजपत्र मगाएको सचिवालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button