breakingसमाचारनेपाली कांग्रेस

विप्लवमाथिको प्रतिबन्ध सरकारको राम्रो काम भएको काँगे्रस सभापति देउवाको प्रतिक्रिया

मोरङ ÷ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको प्रतिक्रिया दिएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार कुराकानी गर्दै देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, नागरिकमा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्टिकरण दिएका हुन ।

देउवाले विखण्डनवादी सोचका सीके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो देशका लागि दुर्भाग्य हुने धारणा राखे ।

सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका नागरिकले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको बताए ।

नेपाल एयरलाइन्सले खरिद गरेको वाइड बडीमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा सभापति देउवाले जोड दिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button