समाचार

निलम्बित डीएसपी अंगुर जिसी अदालतमा उपस्थित

११ चैत, कञ्चनपुर÷कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् । उनी सोमवार कञ्चनपुर जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।

गत फागुन २६ गतेदेखि फरार रहेका डिएसपी जिसी अदालतले म्याद जारी गरेको १६ औं दिनमा अदालतमा उपस्थित भएका हुन । सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएको लगायतका आरोप छन्।

जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिए । अदालतले निर्मला प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो । तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सई हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद पहिले नै अदालतमा उपस्थित भएका थिए । बयानपिछ उनीहरू सातै जना धरौटीमा रिहा भइसकेका छन्।

nema
Show More

Related Articles

Back to top button