समाचारसमाज

मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

१८ चैत, बारा÷ प्रदेश २ सरकारले बारा र पर्सामा आइतबार बेलुकी आएको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने भएको छ । सोमबार बिहान बसेको प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठक सकिए लगतै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतको टोली राहत वितरणको लागि बारा र पर्सा गएको छ । यस्तै घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

nema
Show More

Related Articles

Back to top button