समाचार

काठमाडौैँ महानगरद्धारा निजी विद्यालयको शुल्क निर्धारण

२७ चैत, काठमाडौैँ÷ आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्र्गीकरण तथा शुल्क तोकिएको महानगरका शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिइन ।
समितिले शैक्षिकसत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क १ हजार ६सय ३० कायम गरेको छ । त्यस्तै ‘ग’ वर्गका विद्यालयको २ हजार २४, ‘ख’ वर्गका विद्यालयको २ हजार ४ सय १८ र ‘क’ वर्गका विद्यालयको २ हजार ८ सय १२ निर्धारणको छ ।
त्यस्तै आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क १ हजार ९ सय १, ‘ग’ वर्गका विद्यालयको २ हजार ३ सय ५१, ‘ख’ वर्गका विद्यालयको २ हजार ८ सय १ र ‘क’ वर्गका विद्यालयको ३ हजार २ सय ५१ कायम गरिएको छ । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले १ एक हजार ५३७ अधिकतम शुल्क लिन पाउनेछन् । त्यस्तै ‘ग’ वर्गका लागि ३ हजार ४९, ‘ख’ वर्गका लागि ३ हजार ७ सय ६२ र ‘क’ वर्गका लागि ४ हजार ३ सय ७३ अधिकतम शुल्क तोकिएको विभागका प्रमुख केसीको भनाइ छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय रहेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button