समाचार

कांग्रेस गुुल्मीका पूर्वसभापति रुद्रमणीको सवारी दुर्घटनामा निधन

२८ चैत, काठमाडौैँ÷ नेपालको प्रजातान्त्रिक आन्दोलनको सेनानी, पुर्ब सांसद, नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति रुद्रमणी शर्मा भण्डारीको सवारी दुर्घटनामा बिहिवार निधन भएको छ । गुल्मीको नेटामा भएको जिप दुर्घटनामा निधन भएका भण्डारीप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । बिहिबार एक समवेदन सन्देश जारी गदै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सभापति कुलबहादुर गुरुङले  समवेदना सन्देश जारी गदै देशको प्रजातान्त्रित आन्दोलन र नेपाली काँग्रेसले एउटा इमान्दार, सादाचार र निष्ठावान नेतालाई गुमाएको बताए ।
गुरुङले समवेदना संदेशमा —स्वर्गीय रूद्रमणि भण्डारी सहित दुर्घटनामा ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका हुन । परिवारजनमा समवेदना व्यक्त गर्दै अमरआत्माको मुक्तिको कामना गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको लागि भगवानसंग प्रार्थना समेत गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button