समाचार

आईपीएलमा सन्दीपः सुरुवाती खेलमै अवसरका लागि योग्य थिए

५ जेठ, काठमाडौं । सन्दीप लामिछानेले सावित गरेका छन् कि उनी सुरुवाति खेलहरुमा नै अवसर पाउन योग्य थिए ।
दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्गसमाथि ३४ रनको जित हात पार्दा सन्दीपले सुरेश रैना र महेन्द्र सिंह धोनीको साझेदारी तोडेका हुन् । उनले रैनाको विकेट लिए ।
डेब्यू खेलमा एक विकेट लिएर २५ रन दिएका उनले दोस्रो खेलमा अझ निखारिएको प्रदर्शन गरे ।
१४ औं ओभरको पहिलो बलमा उनले रैनाको विकेट लिए । रैनाले सन्दीपको फुललेन्थ गुगलीलाई सही जज गर्न सकेनन् र स्वायर लेगमा क्याच हुन पुगे ।
चार ओभर वलिङ गरेका उनले २१ रन दिए । र, दिल्लीको जितमा रैनाको विकेट महत्वपूर्ण रहृयो ।
१७ वर्षे सन्दीपको प्रदर्शन डेब्यू खेलमा पनि प्रभावशाली थियो । उनले रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गर्ने मौका पाएका थिए । यद्यपि त्यो खेलमा उनको टिमले हारेको थियो ।

आईपीएलमा अब दिल्लीको एक खेल बाँकी छ । खेल आइतबार हुने छ ।
सन्दीपले सुरुवाति ११ खेलमा मौका पाएका थिएनन् । जब दिल्ली समूह चरणबाटै बाहिरिने निश्चित भयो, त्यसपछि मात्र सन्दीपलाई मौका दिइएको थियो ।
तर, लगातार दुई ठूला टिमविरुद्धको प्रदर्शनले उनी यसअघि नै मौका पाउन योग्य थिए भन्ने देखाएको छ ।
अब दिल्लीको अन्तिम खेल किंग्स इलाभेन पञ्जाबविरुद्ध छ । यदि यो खेलमा पनि सन्दीपले खेलेमा सम्भवतः क्रिस गेलविरुद्ध बलिङ गर्ने अवसर जुर्नेछ ।
र, सन्दीपको प्रदर्शन यस्तै रहे टिमको प्रदर्शन जस्तो रहे पनि उनका लागि यो आईपीएल अविश्मरणीय हुनेछ । किनकी उनले क्रिकेटका हस्तीहरुविरुद्ध बलिङ गर्नेछन् ।

२०७५ जेठ ५ गते ८:४२ मा प्रकाशित

nema
Show More

Related Articles

Check Also
Close
Back to top button