समाचारनेपाली कांग्रेस

शहीदपत्नी पार्वती श्रेष्ठको निधनप्रति समवेदना

८, जेष्ठ काठमाडौैँ÷ नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँगे्रस तनहुँका नेता स्वर्गीय अमर शहीद सरस्वती कृष्ण श्रेष्ठकी धर्मपत्नी पार्वती श्रेष्ठको २०७६ साल जेष्ठ ६ गते ७२ बर्षको उमेरमा भएको निधनको समाचारले आफू अत्यन्त दुःखीत भएको बताएका छन् ।
उनले शहिद परिवारलाई समवेदना दिदै ०३४ ÷०३५ सालतिरका कठिन दिनहरुमा श्रेष्ठ परिवारले आफूलाई आफ्नै परिवारका सदस्य जस्तो ब्यवहार गरेर आत्मीयता देखाएको कहिल्यै विर्सन नसक्ने बताए । तनहुँको ऋसीङ क्षेत्रमा नेपाली काँगे्रसको संगठन निर्माण गर्न र नेपालको प्रजातान्त्रिक आन्दोलनमा श्रेष्ठ परिवारको योगदान अविश्मरणीय रहेको जोशीले उल्लेख गरे । जोशीले भनेका छन—‘पार्वती श्रेष्ठको निधनले मैले आफ्नो एक परिवारको सदस्य गुमेको महसुस गरेको छु ’। यस दुखःद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गदै शोक सन्तप्त परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछु—जोशीले भनेका छन् । स्वर्गीय श्रेष्ठका ७ छोरा र ३ छोरी छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button