समाचारविश्व

भारतमा नक्कली मदिरा सेवन गर्दा कम्तिमा १७ जनाको मृत्यु

भारत– भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मदिरा सेवन गर्दा अन्य ४० जना बिरामी परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुको उत्तर प्रदेशका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।
रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण मंगलबार ६ जनोको ज्यान गएको बताएका थिए । बुधवार त्यो संख्या बढेर १७ पुगेको प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिएका थिए ।
सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।

nema
Show More

Related Articles

Back to top button