संस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजको सातौ वार्षिक साधारण सभाका निर्णयहरू

काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजको सातौैँ बार्षिक साधारणसभाले विभिन्न निर्णयहरु गरेको छ । गत जेष्ठ १७ र १८ गते काठमाडौैँमा सम्पन्न सातौ बार्षिक साधारणसभामा निम्न निर्णयहरु भएका छन् ।
१. साधारण सभामा समाजका महासचिव विनयध्वज चन्दज्यूबाट प्रस्तुत प्रतिवेदनमा व्यापक छलफल भयो । आफ्नो उद्देश्य प्राप्तिका लागि हालसम्म सञ्चालित कार्यक्रमहरूको सभामा समीक्षा गरिनुका साथै आगामी दिनमा समाजको संगठनको विस्तार गरी भावी कार्यक्रम समेत समावेश गर्ने गरी संसोधन सहितको महा–सचिवको प्रतिवेदन पारित गर्ने निर्णय गरियो ।
२.समाजका कोषाध्यक्ष श्रीमती गीता रेग्मीद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन परिमार्जन सहित पारित गर्ने निर्णय गरियो ।
३.समाजको तर्फबाट साधारण सभामा भोजराज रेग्मीद्वारा प्रस्तुत भएको विधान संसोधन प्रस्ताव माथि व्यापक छलफल गरी प्राप्त सुझावहरूलाई समेत समावेश गरी परिमार्जन सहित पारित गर्ने निर्णय भयो । विधान संसोधन मस्यौदा कार्यदलमा संयोजक सरोज देवकोटा, सदस्यहरू भोजराज रेग्मी र ढुण्डिराज पोखरेल रहनु भएको थियो । विधान –२०६९ को संसोधित ३ महले विवरण यसैसाथ संलग्न छ ।
४.समाजको उद्देश्य प्राप्तिका लागि नेपालको राजनीतिमा ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को जर्गेना, संरक्षण र संवर्धन गर्दै नेपाली जनताको बृहत्तर हित, विकास र समृद्धिका लागि राजनेता बीपी कोइरालाले प्रतिपादन गर्नुभएको विचार, सिद्धान्त र दृष्टिकोणलाई वर्तमान अवस्थामा आत्मसाथ हुन नसकेको राजनीतिक धरातलमा तथा विचलन आएको स्थितिमा “बीपी विचार राष्ट्रिय समाजको दृष्टिकोण” विषयमा प्राज्ञ विभागका संयोजक सह प्रा.डा. वासुदेव खनालले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि व्यापक छलफल गरियो ।
कार्यक्रममा राजनीतिक विश्लेषक अरुण सुवेदीले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो भने डा.खनालको कार्यपत्रमाथि राजनीतिक विश्लेषक तथा समाजका केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकालले समीक्षा गर्नुभएको थियो । सभामा ५५ जना प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाई व्यापक रूपमा आ–आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत अवधारणामा टेकेर प्राप्त सुझावहरूलाई समेटी आगामी दिनहरूमा समाजले गोष्ठी, सेमीनार तथा छलफलसमेत गरी बीपी विचारका सन्दर्भमा निष्कर्षमा पुग्ने निर्णय गरियो ।
५.समाजको आ.व. २०७५÷०७६ को लेखापरीक्षणका लागि रजिष्टर लेखापरीक्षक शम्भुप्रसाद अधिकारीलाई नियुक्ति गर्ने र नीजको पारिश्रमिक रु. १०,००० (अक्षररूपी दश हजार रूपैया) तोक्ने निर्णय गरियो ।
६. विविध
क) बीपी विचार राष्ट्रिय समाजको सातौं वार्षिक साधारण सभा २०७६ साल जेठ १८ गते भव्यताका साथ समुद्घाटन भई जेठ १९ गते काठमाण्डौमा विशेष समारोहका साथ सम्पन्न भयो । सभाको समुद्घाटन समाजका सभापति केबी गुरुङ्गज्यूबाट पानसमा दीप प्रज्वलन गरी भएको थियो । उक्त कार्यक्रममा समाजका सह–सभापति गोविन्दराज जोशीले स्वागत मन्तव्य दिनु भएको थियो । सभामा पूर्वसभामुख तारानाथ रानाभाट, समाजका महामन्त्री विनयध्वज चन्द, कोषाध्यक्ष गीता रेग्मी, कार्यपत्र प्रस्तोता तथा समाजका प्राज्ञ विभागका संयोजक सहप्रा.डा. वासुदेव खनाल, राजनीतिक विश्लेषक अरुण सुवेदी, कार्यपत्रका समीक्षकद्वय पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे र समाजका केन्द्रीय सदस्य लोकेश ढकालले बीपीका विचारका सम्बन्धमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । सभाको सञ्चालन समाजका उप महासचिव रामबहादुर गुरुङ्गले गर्नुभएको थियो ।
ख) वर्तमान संघीय संरचनाको आधारमा केन्द्र, प्रदेश तथा स्थानीय तहमा समाजको संगठन विस्तार गर्न आवश्यक भएकोले केन्द्रीय समितिले संशोधित विधान अनुसार प्रदेश र स्थानीय तहमा समेत सम्बन्धित सभापतिहरूले केन्द्रसँग समन्वय गरी संगठन विस्तार तथा पुर्गठन गर्ने, कार्यक्रमहरू तयार गरी लागू गर्र्ने निर्णय गरियो ।
ग) समाजलाई गतिशील, प्रभावकारी र वैचारिक रूपले सक्षम बनाउन देहाय बमोजिमका कार्यक्रमहरू संचालन गरी समाजलाई मार्गनिर्देश गर्नेे निर्णय गरियो ।
ड्ड बीपी विचारलाई जनस्तरसम्म पु¥याउन प्रशिक्षण कार्यक्रम ७ प्रदेश र ७७ जिल्लामा सञ्चालन गर्ने ।
ड्ड युवा सहभागीतालाई प्राथमिकतामा राखी सभा, गोष्ठी, प्रशिक्षण, सेमिनार तथा नेतृत्व विकास सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने,
ड्ड केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा सरोकारवाला निकायसँग समन्यव गरी कार्यक्रम संचालन गर्ने,
ड्ड बीपी विचारको प्रचार प्रसार गर्न पत्रिका, इमेल, वेभसाइट तथा सामाजिक सञ्जालहरूको अधिकतम सदुपयोग गर्ने,
ड्ड बीपी कोइरालासँग सम्वन्धित पर्व, उत्सव तथा दिवशहरूलाई हरेक तहमा क्यालेन्डर बनाई नियमित रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने र गराउने ।
घ) काठमाडौको धुम्बाराहीमा आयोजित समाजको सातौ वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूको वैठकले अन्त्यमा सात बुँदे काठमाडौ प्रतिबद्धता २०७६ पारित गर्दै साधारण सभा सम्पन्न गरियो । साधारण सभा सम्पन्न गर्न सहयोग गर्नुहुने समाजका सदस्यहरू, कर्मचारीहरू, पत्रकारहरू आमन्त्रित महानुभावहरू, सुरक्षाकर्मी, शुभेच्छुकहरू तथा देशका विभिन्न ठाउँबाट उपस्थित हुनुभएका महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पारित गरियो ।
ङ) समाजको वार्षिक साधारण सभाका निर्णयहरू निर्णय पुस्तिकामा उपस्थित महानुभावहरूको तर्फबाट हस्ताक्षर गर्न समाजका प्रचार विभाग सचिव नारायण भट्टराईलाई अख्तियारी दिने निर्णय समेत गरियो ।

nema
Show More

Related Articles

Back to top button