समाचार

सुरूङमा थुनिएका १७ कामदारलाई सकुशल उद्धार

६ असार, काठमाडौैँ÷ निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका १७ कामदारलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहानै ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको प्रहरीले जनाएको छ । आयोजनाको सुरुङ निर्माणस्थलमा बिहिबार राती साढे ८ बजेतिर अकस्मात सुख्खा पहिरो खस्दा उनिहरु थुनिएका थिए । बिहानैदेखि उद्धार कार्य सुरु गरिएको थियो । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी गरि ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो । सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएको बताइएको छ । भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भैरहेको छ ।

nema
Show More

Related Articles

Back to top button