breakingसमाचारनेपाली कांग्रेस

सरकार ढाल्ने कांग्रेस सभापति देउवाको चेतावनी

काठमाण्डौ ÷ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान लिए।लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने उनको भनाई छ ।
शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरुले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीनिकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । सभापति देउवाले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई दबाब दिए । यो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button