समाचारनेपाली कांग्रेस

गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा कांग्रेसले लाखबत्ती बाल्ने

१७ असार, चितवन ÷ पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा नेपाली काँगे्रसले लाखबत्ती बाल्ने भएको छ । नेपाली काँगे्रसका पूर्व सभापति समेत रहेका कोइरालाको सम्मानमा कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरेको हो। दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले जानकारी दिए । यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले बताए। पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिए।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button